रास्वपा अनुशासन समितिकाे अनुसन्धान सक्यो,आवाज ढाकाकै रहेको विश्लेषण 



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले सांसद ढाकाकुमार श्रेष्ठमाथिको अनुशासनको  छानबिन सकेको छ । अडियोबारे आजै प्रतिवेदन बुझाउन लागीको छ । 

रास्वपा सभापति रवि लामिछानेले ढाकाको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घन्टाको समय दिएका थिए । निर्धारित समयमै प्रतिवेदन बुझाउनुपर्ने दबाबमा रहेको समितिले हतारमा काम गरिरहेको छ ।आज अबेरसम्म प्रतिवेदन पठाइने समितिका संयोजक भरत देवकोटाले जानकारी दिए ।

समितिले अडियोमा रहेको आवाज ढाकाकै रहेको विश्लेषण गरेको छ ,अडियोको फरेन्सिक टेस्ट भने गरिएको छैन् ।  समय अभावका कारण फरेन्सिक टेस्ट नगरिएको जनाइएको छ । समितिले दिने प्रतिवेदनका आधारमा केन्द्रीय समिति बसेर कारबाहीको विषयमा निर्णय लिने छ । 

प्रतिक्रिया दिनुहोस्