बालेनको कदमले अराजकता निम्त्याउन खोजिएको आरोप



काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर  नउठाएपछि मन्त्रिपरिषद्मा उक्त विषयबारे छलफल भएको छ ।आज बसेको मन्त्री परिषद्को बैठकमा उक्त विषयमा गम्भीर छलफल भएको हाे । सरकारविरुद्ध महानगरका मेयर बालेन शाहले दिएका अभिव्यक्तिलाई लिएर पनि  छलफल भएको छ ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले स्थानीय तहले फोहोर उठाउने नीतिगत  रहेको बताउँदै यसलाई सबैले पालना गर्नुपर्नेमा  छलफल भएको बताएकी छन्। ‘बैठकमा सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर उठेकोबारे गम्भीर छलफल  भएको र यसको समाधानका लागि पहल गर्ने तथा नीतिगत व्यवस्था पालना गर्न गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने कुरा भएको शर्माले बताएकी छन् । 

बालेनका अभिव्यक्तिहरु अराजकतातर्फ केन्द्रित रहेको विषयमा समेत बैठकमा छलफल भएको शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्