अलिबाबाले दिने भयो च्याटजीपीटीलाई चुनौती



काठमाडौं । गएको नोभेम्बरमा सुरु भएको  आर्टिफिसिएल इन्टीलीजेन्टमा  आधारित च्याटजीपीटीले सबैको ध्यान तानेको छ । लामो  मेहेनेत र लगानीबाट बनाइएको च्याटजीपीटीले गु-गुललाई पनि पछि पारेको छ ।

यो त्यस्तो उपकरण हो जसले आम प्रयोगकर्ताहरूले राखेको प्रश्नहरूको उत्तर मानिसको जस्तै सजिलो भाषामा दिन्छ । यो सँग जोडिएको अर्को रमाइलो कुरा के छ भने यसले  तपाईंको लेखन पनि नक्कल गर्दछ । जीपीटीले सन् २०२१ सम्ममा डाटावेसमा रहेका सबै कुराहरूको सजिलै जवाफ दिने गर्दछ । माइक्रोसफ्टले निर्माण गरेको जीपीटी अर्बौँ डलर लगानी गरेको छ ।  माइक्रोसफ्टले वर्ड, एक्सेल, पावरप्लान्टआउटलुकलगायतका अफिस एपहरू पनि  समावेश गरिएको छ ।  

इटालीले किन लगायो प्रतिबन्ध ?

सञ्चालनमा आएको केही समयमा नै इटालीले च्याटजीपीटीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । इटाली यसको प्रयोगमा प्रतिबन्ध लगाउने पहिलो पश्चिमी मूलक पनि हो । इटालीको डाटा संरक्षण प्राधिकरणले आफ्नो गोपनियतामाथि प्रश्नहरू खडा भएको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

इटालीले त्यहाँ त्यसको प्रयोगमा मात्रै प्रतिबन्ध लगाएन की उसले त्यस माथि पनि अनुसन्धान थाल्यो । इटालीले २० मार्चमा  प्रयोगकर्ताको भुक्त्तानीको सम्बन्धी जानकारी उल्लङ्घन गरेको बताएको छ ।  इटालीले उसको प्रयोग गर्ने उमेरहद नभएको पनि बताएको छ ।

चिनले दिने भयो टक्कर

विश्वमा आफ्नो अलग पहिचान र टेक्नोलोजीले चिरपरिचित देश चिनले भने च्याटजीपीटीलाई पनि चुनौती दिने भएको छ । चिनको प्राविधिक कम्पनी अलिबाबाले च्याटजीपीटीजस्तै आर्टिफिसिएल इन्टीलीजेन्समा आधारित ‘तङ्यी चियाङ्वेन’ सुरु गर्ने बताएको छ । तङ्यी चियाङ्वेको अर्थ हजार उत्तर खोज्ने हुन्छ ।

आफुहरु जेनरेटिभ एआईक्लाउड कम्यूटिङबाट सञ्चालित हुने प्राविधिक विकासको फड्को मार्ने चरणमा रहेका अलिबाबाका अध्यक्ष तथा प्रमुख कार्यकारी ड्यान्यल चाङको भनाई रहेको छ ।

How did Alibaba get its name? – Waqas Ahmed

कम्पनीका अनुसार तङ्यी चियाङ्वेनले अङ्ग्रेजी र चिनियाँ दुवै भाषामा काम गर्न सक्छ र प्रारम्भिक चरणमा यसलाई अलिबाबाले कार्यस्थलहरूमा सन्देश आदानप्रदानका लागि बनाएको एप डिङ्टकमा राखिने छ।यसले बैठकमा भएका कुराकानीहरूको लिखित नोट बनाउने, इमेल लेख्ने, व्यावसायिक प्रस्तावहरूको मस्यौदा तयार गर्ने लगायत कैयौँ काम गर्न सक्ने कम्पनीले जनाएको छ ।

अलिबाबाले एमजनको एलेक्सा भोइस असिस्टन्ट स्मार्ट स्पीकरले जसरी काम गर्ने ‘टमल जिनी’मा पनि यसलाई समाविष्ट गरिने जनाएको छ।माइक्रोसफ्टले सहयोग गरेको ओपन एआईले नोभेम्बरमा च्याटजीपीटी सार्वजनिक गरेयता जेनरेटिभ एआईमा रुचि ह्वात्तै बढेको छ।

जेनरेटिभ एआईले विगतको तथ्याङ्कबाट सिकेर मानिसले गरेको कामसँग फरक छुट्याउन नसकिनेगरी सामग्रीहरू तयार गर्छ। च्याटजीपीटीले सन् २०२१सम्मको इन्टरनेट डेटाबेसको आधारमा प्रश्नहरूको उत्तर मानिसहरूले प्रयोग गर्ने जस्तै सामान्य भाषामा दिन्छ र अरूको लेखनशैलीको नक्कल पनि गर्न सक्छ।

नयाँ प्रविधिका विषयमा उठेका सवालहरु

गएको महिनामा प्रविधि कम्पनीहरूका उच्चपदस्थ व्यक्तिहरूको एउटा समूहले मानवतामा चुनौती दिएको भन्दै शक्तिशाली एआई प्रणालीलाई सिकाउने कार्य स्थगित गर्न माग गरेका थिए।ट्विटरका प्रमुख कार्यकारी इलोन मस्क र एपलका सहसंस्थापक स्टीभ ओस्नियाक लगायतले एउटा खुला पत्र लेख्दै यसले निम्त्याउन सक्ने जोखिमबारे सचेत पनिगराएका थिए ।

इलोन मस्क भन्छन्– ट्वीटर खरिद गर्न ४६.५ अर्ब डलर संकलन भइसक्यो | News from Nepal - Ratopati

उनीहरूले एआई प्रणाली विकास गर्ने प्रतिस्पर्धा अनियन्त्रित हुन थालेको  बताएका थिए । यसैबीच लगानीसम्बन्धी ब्याङ्क गोल्डमन स्याक्सले हालै सार्वजनिक गरेको एउटा रिपोर्टले एआईका कारण झन्डै ३० करोड मानिसको जागिर गुम्न सक्ने आकलन  थियो । 

  

प्रतिक्रिया दिनुहोस्