विभिन्न बनिरहेको संरचनाहरूको वैधानिकतामाथि प्रश्न



काठमाडौं । आज बसेको प्रतिनिधिको सभाको बैठकमा देशभर बन्दै गरेका  भवनहरू, हाेटलहरु र अपार्टमेन्टहरूको संवैधानिकताबारे  प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले देशव्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरू,  होटलहरु, अपार्टमेन्टहरूको वैधानिकता खोजी गर्न माग गरेकी  हुन् । 

 आज बुधबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै  निर्माण भइरहेका विभिन्न संरचनाहरू खोजी गरी  छानविन गर्न माग गरेकी हुन् ।  केही दिन अगाडि ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएका थिए । त्यसको कारण बिना नक्सा पास, बिना इआइए एनलाइसिस काम गर्नु रहेको उनले बताएकी छन् । उनले संसद्मा विगत देखी नै यो माग उठ्दै आएको तर सरकारले ध्यान नदिएको आरोप समेत लगाइन।  

प्रतिक्रिया दिनुहोस्