गरुडामा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप, ६ जना प्रहरी घाइते



काठमाडौं। रौतहटको गरुडामा मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि झडप भएको छ । 

प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्