पछिल्लो २४ घण्टामा १०६ जना कोरोना सङ्क्रमित थपिए 



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा थप १०६ जनमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  १ हजार चार सय ८८ जनामा कोरोना परीक्षण गर्दा १०६ जनामा कोरोना सङ्क्रमण भेटिएको हो ।

सङ्क्रमण भेटिएकाहरुमध्येपाँच सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । त्यस्तै  ९ सय ४७ जनाको एन्टीजेनबाट परीक्षण गर्दा ४२ कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 नेपालमा आज १०६ जनामा कोरोना सङ्क्रमण देखिएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४३५ पुगेको छ ।  सङ्क्रमण भएकाहरूमध्ये २७ जना  आइसोलेसनमा र १३ आइसियुमा रहेका छन् ,भने ३ जना भेन्टिलेटरमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्