सरकार र मिटरब्याजी पीडितको वार्ता भङ्ग



काठमाडौँ । सरकार र मिटरब्याजी पीडितबिचको वार्ता भङ्ग भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको वार्तामा सहमति जुट्न नसकेपछि वार्ता भङ्ग भएको हो । सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन गर्न नचाहेकाले वार्ता भङ्ग गरिएको मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए ।

सरकारसँग वार्ता नभएको भन्दै उनले समितिले अब आफ्ना आन्दोलनका कार्यलाई निरन्तरता दिने बताएका छन् ।  लगातार पाँच दिन सम्म चलेको वार्तामा सरकारले पुरानै अडान राखेका कारण समति हुन नसेको हो । उनले आफूहरूले राखेका विभिन्न ६ बुँदे मागमा सरकार सकारात्मक नभएको बताएका छन् । साथै उनले सरकारले आफूले राखेको ६ बुँदे मागहरूलाई वास्ता नगरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्