चितवन-२ मा  रविले हार्ने निश्चित छ : महेश बस्नेत 



काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने उपनिर्वाचनमा पराजित हुने बताएका छन्। एमाले नेता बस्नेतले आज रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा उनले रविले  चितवन-२ मा  हार व्यहोर्ने बताएका हुन् ।

लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन-२ का जनताले निर्वाचनमा हराउने उनको भनाई रहेको छ ।   उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्क्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको बताए ।

उनले भने, ‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिचकिचाउन हुन्न । चितवन–२ का जनता यस पटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र काँग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्