देशमा अराजकता बढीरहेको छ : शेखर कोइराला



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले देशमा अराजकता बढीरहेको बताएका छन् । नेपाली काँग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ त भन्न चाहन्न,तर देश आर्थिक क्षेत्रमा मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिक लगायत कुनै पनि क्षेत्रमा सही तरिकाले हिँड्न सकेको छैन ।’ साथै उनले नेपाली काँग्रेस कमजोर भयो भने मुलुक र प्रजातन्त्र पनि कमजोर हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्