राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायत



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायतको हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने  जाने भएका हुन् । पौडेल आगामी मे ६ मा बेलायती राजा चार्ल्सको राज्याभिषेक हुँदै छ।

सो राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको शीतल निवासले जनाएको छ । पौडेल मे ४ वा ५मा त्यहाँ जाने बताइएको छ। गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हालेका थिए । वकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिने छ।

प्रतिक्रिया दिनुहोस्