प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो। त्यसका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ।

जसअनुसार आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक २०७०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक, २०७७’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।

त्यस्तै आज सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रा सम्बन्धी विधेयक २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी आजको बैठकमा पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

प्रतिक्रिया दिनुहोस्