परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न हतार हतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्ति जनक : केसी 



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु  गर्न हतार हतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्ति जनक भएको बताएका छन् ।

आज आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले उनले भने, ‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतार हतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्ति जनक छ। देशको विधि विधानमा कसैको आर्थिक स्वार्थ हाबी हुने स्थिति किमार्थ स्वीकार्य छैन। जुनसुकै अवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी सम्परीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ।’

आजको बैठकमा उनले राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेमाथी पनि व्यङ्ग्य गरेका छन् । उनले  भने, ‘पुराना पार्टीहरूले नै गल्ती, कमजोरी गरिएका थिए। आफ्ना स्वार्थअनुसार नियम, कानुन बनाउँथे। नयाँ आएका पार्टीहरूले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्ख परेर हेरिरहेका थिए। खास्टाले ढोगेको बिरालो छिट्टै म्याउँ गर्‍यो। यस्ता प्रवृत्तिलाई छोड्नु हुँदैन।’

प्रतिक्रिया दिनुहोस्