आज राष्ट्रिय सभाको बैठक बस्दै



काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दै छ। दिउँसो १ बजे संघीय संसद्‌ भवन नयाँबानेश्वरमा राष्ट्रियसभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ। यसअघि बिहीबार बैठक बोलाइएको थियो। तर विशेष कारण देखाएर बिहीबारको बैठक स्थगित गरिएको थियो।

आज बस्न लागेको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्