निर्माणाधीन बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु, घाइते ९ जना मध्ये ८ भारतीय



जाजरकोट । जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ भने घाइते हुनेको सङ्ख्या ९ पुगेको छ ।

घटनामा १ जनाको मृत्यु भएको पुष्टि भए पनि उनको परिचय खुल्न सकेको छैन । घाइते ९ जनाको नलगाड नगरपालिका वडा नं। ७ दल्लीस्थित नगर अस्पतालमा उपचार भइरहेको उनले बताए ।घाइतेको एक जना नेपाली बाहेक सबै भारतीय नागरिक रहेका जनाइएको छ ।

घाइते हुनेमा भारतको बहराईच बस्ने वर्ष ३० गोरख नाथ, सोही ठाउँका वर्ष २५ संजय गौतम, १९ बर्षका सोनु चमार, वर्ष ४९ बर्षका गोपाल चमार, वर्ष ३० बर्षका धर्मेन्द्र गौतम हर्जम चमार, वर्ष ५० मैकु बहादुर गौतम, प्रशान्त राजकुमार, ६० वर्षका राजकुमार हर्जम चमार र नवलपरासीका क्रेन चालक २५ वर्षका निरजकुमार चौधरी रहेका छन् ।

घाइतेलाई आर्मीको हेलिकष्टरबाट उपचारका लागि नेपालगञ्ज लैजाने  तयारी भइरहेको प्रहरीले जनाएको छ ।जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रिज भाँचिएको हो ।

प्रतिक्रिया दिनुहोस्