पसलमा बसिरहेकी महिलाको चक्कु प्रहारमा परी मृत्यु



काठमाडौँ । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहार हुँदा एक महिलाको ज्यान गएको छ । बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार गरिएको हो ।

चक्कु प्रहारमा घाइते भएकी ती महिलाको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे हो ।

अस्पताल पुर्‍याएपछि केही बेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो। चक्कु प्रहार गरेका व्यक्ति फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्