उपनिर्वाचनका कारण वैशाख १० गते  हुने स्नातक तह प्रथम वर्षको दुई विषयको परीक्षा स्थगित



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वैशाख १० गते हुन लागेको उपनिर्वाचनकाका कारण परेको स्नातक तह प्रथम वर्षको दुई विषयको परीक्षा स्थगित गरेको छ । त्रिविको बुधवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

परीक्षा नियन्त्रणको कार्यालयबाट जारी सूचनामा बारा २, तनहुँ १ र चितवन २ मा हुन लागेको संसदीय निर्वाचनका दिन परेको परीक्षा सार्न निर्वाचन आयोग, गृह मन्त्रालय तथा शिक्षा मन्त्रालयबाट पनि अनुरोध आएको भन्दै त्यस दिन हुने परीक्षा वैशाख १६ गतेका लागि सारेको उल्लेख गरिएको छ ।

त्यस दिन स्नातक तह प्रथम वर्षअन्तर्गत व्यवस्थापनतर्फ फाइनान्सियल एकाउन्ट एण्ड एनलाइसिसरएकाउन्टिङ फर फाइनान्सियल एनलाइसिस र मानविकी संकायतर्फ अंग्रेजीरनेपालीरनेपाल भाषारमैथिलीरसंस्कृत भाषाको परीक्षा सारिएको परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा उल्लेख  गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्