नेकपा एमाले कर्णाली प्रदेश संसदीय दल प्रमुख सचेतमा टेकराज पछाई चयन



काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दल प्रमुख सचेतमा टेकराज पछाईलाई चयन भएका छन् ।पछाई सांसद एवम् पूर्व सामाजिक विकासमन्त्री समेत रहेका छन्।

नेकपा एमाले पार्टी शुक्रबार बसेको बैठकले पछाईलाई दलको प्रमुख सचेतक चयन गरेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले दलको बैठकले सबैको सहमतिमा पछाईलाई प्रमुख सचेतक चयन गरिएको बताएका छन् । पछाई जुम्ला प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेशसभाका सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्