बारा, चितवन र तनहुँमा आज निर्वाचन  हुँदै 



काठमाडौँ । बारा, चितवन र तनहुँमा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म  मतदान हुने भएको छ । आज हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत मङ्सिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं-१ बाट निर्वाचित नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा-२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्