उपनिर्वाचनबाट रास्वपालाई उत्साह थपियो 



काठमाडौँ ।  वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट  विभिन्न  तीन क्षेत्रमा निर्वाचन भएको थियो । उपनिर्वाचनको नतिजा आएका क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  विजय हासिल गरेको छ । रास्वपाले एक क्षेत्रबाट थप जितेसँगै रास्वपाको प्रतिनिधिसभाका एक सिट बढेको छ । अहिले रास्वपाको सिटसंख्या २१ पुगेको छ ।

राप्रपाले तनहुँ-१ र चितवन-२ मा विजय हासिल गरेको हो । गणना जारी रहेको बारमा भने रास्वपा उम्मेदवार भारी मतान्तरका साथ पछि परेका छन् ।  

चितवन-२ बाट गत मङ्सिर ४ गतेको निर्वाचनमा लामिछाने भारी मतका साथ विजयी भएका थिए । उनको नागरिकता विवादका कारण संसद् पद गएको थियो ।  

 रास्वपाका तनहुँ-१ बाट स्वर्णिम वाग्ले र बारा २ बाट रमेश खरेल र चितवन २ बाट रवि लामिछाने उम्मेदवार रहेका थिए । तनहुँको उपनिर्वाचनमा स्वर्णिम वाग्लेले ३४९१९ मत ल्याएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २०१२२ मत ल्याएका हुन् । भने, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८४८८ मत ल्याएका हुन् । 

चितवन-२ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार रहेका थिए । उनले पनि चितवनमा विजय हासिल गरेका छन् । उनले ५४१७६ ल्याएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत ल्याए त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत ल्याएका हुन् । 

बारा-२ मा भने रास्वपा पराजित हुने निश्चित देखिएको छ । रास्वपाका उम्मेदवार रमेश खरेल जारी मतगणनामा कमजोर मतका साथ चौथो स्थानमा छन् ।  बारा २मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवको मत अरू उम्मेदवारहरूको भन्दा बढी रहेको छ ।उनले १४५४३ मत पाएका छन् ।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ९७४० मत ल्याएका छन् ।  तेस्रोमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल रहेका छन् । उनले ४८०५ मत ल्याएका छन् । चौथोमा रास्वपाका उम्मेदवार रमेश खरेल रहेका छन्। उनले २०५९ मत ल्याएका छन्। 

प्रतिक्रिया दिनुहोस्