एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेत भिड्दै  



काठमाडौँ । जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको नेपालले कुवेतसँग खेल्ने भएको छ । समुह बीको उपविजेता रहेको  कुवेतले नेपालसँग सेमिफाइनल खेल्ने पक्का भएको हो । हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल खेल्ने भएको हो ।

नेपाल र कुवेतबिचको सेमिफाइनल खेल शनिवार हुने छ । अर्को सेमिफाइनलमा युएई र ओमानले शनिवार नै खेल्ने छन् । कुवेतले हङकङलाई हराएपछि युएई समूह बीको विजेता बनेको हो ।फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्