अयोग्य लडाकुलाई २ लाख दिने निर्णयको विरोध



काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले माओवादीका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने निर्णय गरेकोमा विरोधप्रर्दशन गरेको छ । एमाले निकट  अनेरास्ववियुका विद्यार्थीहरूले त्रिचन्द्र र आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

५ मङ्सिर २०६३ को विस्तृत शान्ति सम्झौतापछि माओवादी लडाकु र हतियार व्यवस्थापनका लागि संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन) नेपाल आएको थियो । उसले १९ हजार ६०२ जना लडाकुहरूलाई प्रमाणीकरण गरेको थियो । ४ हजार ९ जनालाई ‘मापदण्डमा नपरेको’ भनी अलग गरेको थियो । अयोग्य ठहरिएका तिनै लडाकुहरूलाई राहत दिने सरकारले निर्णयको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको हो । विद्यार्थीहरूले विगतमा माओवादी केन्द्रले वितरण गरेको रकम सार्वजनिक नगरेको र त्यसमा अनियमितता भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्