लामिछाने र वाग्लेले लिए सांसद पदको शपथ



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले निर्वाचन क्षेत्रमै रहेकाले शपथ हुन सकेन। यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए।

तनहुँ १ मा कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा जसपाबाट जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन भएको हो। मंसिर ४ गते चितवन २ बाट जितेका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद गएपछि उपनिर्वाचन भएको हो।

प्रतिक्रिया दिनुहोस्