नेपाल फर्किए काँग्रेस सांसद चन्द्र भण्डारी



काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फिर्ता भएका छन्।  साढे २ महिनाको उपचार सकेर उनी आइतबार साँझ नेपाल फर्किएका हुन्।

ग्यास विस्फोटबाट घाइते भएका भण्डारीको भारतको मुम्बईस्थित बर्न्स अस्पतालमा उपचाररत भएको थियो । उनको  घरमा गत फागुन ४ गते ग्यास विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएकी आमा हरिकला भण्डारीको सोही दिन कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्