उपचारका क्रममा रवि लामिछानेका चालकको निधन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। चालक दिलबहादुर थापाको मङ्गलवार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। घरको छतबाट खसेर उनी घाइते भएका थिए । उनको दिउँसो २ बजेतिर उनको मृत्यु भएको  जनाइएको छ ।

आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान  पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।

सुरुमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौँ ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।सुरुदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।

प्रतिक्रिया दिनुहोस्