हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित



काठमाडौँ ।  हत्या आरोपमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। उनलाई मङ्गलवार निलम्बन गरेको संसद् सचिवालयले जनाएको छ।

निलम्बन भएको सूचनाको पत्र टाँस गरी निलम्बनको जानकारी दिइएको हो।  महोत्तरी १ बाट निर्वाचित कोइीमाथी  सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ। उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्