मिटरब्याजी समस्या समाधान गर्न आजै राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारकाे निर्णय



काठमाडौँ । सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश बनाएको छ। आज बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय पनि गरेको हाे। आज बसेको बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको जानकारी दिइन्।

‘मिटरब्याजीसँग सम्बन्धित समस्या जुन छ, त्यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्नको निम्ति कानुनी व्यवस्था गर्नको निम्ति मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ’,उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्