परराष्ट्रमन्त्री एनपी साउदको बेलायत भ्रमण स्वीकृत



काठमाडौँ । सरकारले बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउने भएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले साउदको बेलायत भ्रमण स्वीकृत गरेको  हो । चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने मिति तय भएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । उपचारपछि आइतबार मात्रै नेपाल फर्केका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् । चार्ल्स तृतीयको राज्याभिषेक वैशाख २३ गते (मे ६ तारिख) का लागि तोकिएको छ ।  साउद  २६ वैशाखमा नेपाल फर्कने समय तालीका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्