लामो समयपछि प्रधानमन्त्रीले नियुक्त गरे ३ मन्त्री



काठमाडौँ । लामो समयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाहालले मन्त्रीपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराएका छन् ।

काँग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन् । लामो समय देखि प्रधानमन्त्री प्रचण्डको मन्त्रीपरिषद् विस्तार गर्न नसकेको  सर्वत्र आलोचना भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्