सत्ता गठबन्धनको बैठक सकियो -के भयो कुराकानी ?



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठक सकिएको छ । सत्तारुढ दलको आजको बैठकमा नीति, तथा कार्यक्रम, सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ। संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको सन्दर्भमा आजको बैठक  बजेट निर्माणमा केन्द्रित रहेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् ।

वैशाख २४ गते संसद्को अधिवेशन बोलाइएको र अधिवेशन बजेटपूर्वक छलफल, सरकारका नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणसँग सम्बन्धित विषय छलफल हुनाले त्यसकै पूर्व तयारीकारूपमा आजको बैठकमा छलफल भएको लेखकले बताएका छन् ।

उनले गठबन्धन दलका बिचमा कुनै विवादको विषय नभएको र अहिले सत्ता गठबन्धन फेरिने सम्भावना पनि नभएको बताएका छन् साथै आजको बैठकमा रास्वपा लाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको लेखकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्