बालुवाटारमा  पहिलो पटक माओवादी केन्द्रको पदाधिकारी बैठक 



काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पहिलो पटक  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बिहीबार दिउँसो ५ बजे बस्ने गरी  बैठक बोलाइएको हो । बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम निर्माणलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारी भेघाट तथा बैठक बालुवाटार र सिंहदरबारबाट गर्दै आएका थिए । पार्टीका बैठक भने पेरिसडाँडास्थित पार्टी कार्यालयमै बस्दै आएको थियो । बालुवाटारमै बस्ने गरी बोलाइएको यो पहिलो बैठक हो।

प्रतिक्रिया दिनुहोस्