देशको अर्थतन्त्र सुधारको बाटोमा : प्रधानमन्त्री



काठमाडौँ । v’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा बाटोमा रहेको बताएका छन् । प्रधामन्त्री प्रचण्डले देशको आर्थिक अवस्था बाट अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

आज साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकाल कोभन्दा राम्रो  रहेको बताएका हुन् ।

 प्रधानमन्त्री प्रचण्डले भने, ‘जितिबेला म दोस्रो पटक प्रधानमन्त्री थिएँ । त्यति बेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो । संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए । मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन । सङ्घीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो । तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो ।’

उनले भने, ‘सङ्घीयताको सफल अभ्यास गरियो । स्थानीय तहदेखि केन्द्रसम्मका चुनाव भए । आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए । अर्थतन्त्रमा राम्रो सुधार आयो । ७ दशमलव ५ अङ्कको ‘आर्थिक वृद्धिदर हासिल गरियो, विद्युत्भार कटौती अन्त्य भयो । ठुला आयोजनामा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो । यस पटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ ।

‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदै छ । समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन् । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदै छ । तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु’ , उनले भने ।

‘मधेस आन्दोलनमा भएको, संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो । उहाँ एकदम इमानदार र प्रतिबद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको निर्वाचन गर्न सजिलो थिएन । तर उहाँले गराउनुभयो । पुस्तकमा उहाँले जे जति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरु इमानदारिता छ’, उनले भने ।

 यता प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले  देशको आर्थिक अवस्था नाजुक बन्दै गएको बताएका छन् । ओलीले अहिलेको सरकार रहिरहे देशमा आर्थिक सङ्कट आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्