गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै



काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनको लागि गण्डकी प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता पाण्डे १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि काँग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो । उनले आज संविधानको धारा १६८ ९२० अनुसार विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेशमा ६० सिट रहेको र बहुमतका लागि ३१ सिट चाहिन्छ । काँग्रेसको २७ , माओवादी केन्द्रको ७ र एकीकृत समाजवादीको एक गरी ३५ सांसद पाण्डेको पक्षमा रहेका छन् । जसमा उनको पक्षमा ३५ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्