भुटानी शरणार्थी प्रकरण : प्रचण्ड र ओलीबिच आज पनि छलफल



काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच  भेटवार्ता भएको छ । यी दुई नेताहरूबिच आज शनिवार  सिंहदरबारमा भेटवार्ता भएको हो ।

सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी  भएको बताएका छन् । भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

ओलीले पत्रकारहरुसँगको जवाफमा भने, ‘रोकिँदैन, प्रक्रिया र प्रचलित ऐन अनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन् निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रूपमा अगाडि जान्छ ।’

प्रतिक्रिया दिनुहोस्