खाँण निकटका नेताहरूसँग छलफलमा सभापति देउवा 



काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतासँग छलफल गरेका छन् । देउवाले आज पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि  आफू निकट रहेका केही नेताहरूसँग छलफल गरेका हुन् ।

देउवाले उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव, तरुण दलका पूर्व अध्यक्ष जितजंग बस्नेत र वर्तमान अध्यक्ष विद्वान गुरुङ लगायतसँग छलफल गरेका जनाइएको छ । सभापति देउवासँग नेताहरूले दुई घण्टा बढी धुम्बाराहीमा छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्