खाँणलाई ४ दिन थुनामा राख्न अनुमति



काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बुधवार न्यायाधीश उत्तम सिलुवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई ।बुधवार बिहान पक्राउ गरेको हो ।  वीर अस्पतालमा लगेर उनको स्वास्थ्य परीक्षण गरेपछि प्रहरीले उनलाई भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौँ लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्