आयातको कागजबिनै नेपालमा दर्ता भयो यात्री मोटरसाइकल



काठमाडौँ । आयातको कागजबिनै यात्री मोटरसाइकल ( Yatri motorcycle ) नेपालमा दर्ता हुन थालेको छ । गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी–१ बाइक ग्राहकलाई डेलिभरी गरेको थियो । त्यसको एक वर्षपछि १५ मेमा नै यात्रीको पी–१ मोटरसाइकल नेपालमा बनेकाे पहिलो सवारीका रूपमा दर्ता भएको छ ।

पी–१ यात्रीले नेपालमै उत्पादन गरिहरेको विद्युतीय मोटरसाइकल हो ।यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रूपमा नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

आफूहरूसँग यो इतिहास रच्न मद्दत गर्ने हाम्रा विशेष प्रयोगकर्ताहरूप्रति  यात्रीले कृतज्ञता व्यक्त गरेको छ ।  । कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित यातायात व्यवस्था विभाग र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्