अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष बीच भेटवार्ता



काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाको कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता भएको छ ।

भेटमा दुवै पक्षहरू बिच एमसीसी परियोजना कार्यान्वयनका विषयमा कुराकानी भएको छ। भेटका क्रममा अर्थमन्त्री महतले एमसीसी आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरेका थिए । महतले आयोजना चक्रमा आउने महत्त्वपूर्ण विषयहरूलाई कानुनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुङ्ग्याउने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

महतले एमसीसीका पदाधिकारीहरूलाई नेपाल आएकोमा धन्यवाद पनि दिएका छन्। उनले यसले अन्य कार्यमा पनि प्रभाव पार्ने बताएका छन् । भेटका क्रममा उपाध्यक्ष ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्व तयारीमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको जनाइएको छ ।

एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्व तयारीको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्