किसानलाई राज्यले अनुदान दिनुपर्छ : बाबुराम भट्टराई



काठमाडौँ । पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनुपर्ने बताएका छन् । बुधवार माइतीघर मण्डलामा उखु किसानहरूले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै भट्टराईले यस्तो बताएका हुन्।

किसानको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै उनले भने, ‘ हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका छौँ, यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनुपर्छ । यो संसारको नियम हो।’

भट्टराई उखु लगायतका किसानहरूले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेको बताउँदै कृषि अर्थतन्त्र धराशायी बनेको बताए ।

उनले भने, ‘उखु लगायतका किसानहरूले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेर हाम्रो कृषि अर्थतन्त्र पूरै धराशायी भएको छ।’ उनले देशमा उत्पादन भएको सामाग्री प्रयोग नहुँदा विदेशी सामाग्री प्रयोग भइरहेकोमा यो किसान र उत्पादहरुमाथिको अन्याय भएको बताएका छन् ।

भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए। लोकतन्त्र सडकमा पनि गतिशील हुनु आवश्यक रहेको बताएका छन् ।उनले भने, ‘उद्योग मालिकले लिएका छैनौँ भनेको छ । कहाँ गयो कति अर्कोले भ्रष्टाचार गरेर खायो, त्यसैले यहाँ गम्भीर रूपमा लिनुपर्छ । लोकतन्त्रमा सडक गतिशील भएन भने सत्तामा जो गए पनि सत्ताले अन्धो बनाउँछ मानिसलाई।’

प्रतिक्रिया दिनुहोस्