चलिरहने तुइनको पीडा !



डम्मर धामी, काठमाडौँ । नेपाल सरकारले तुइन विस्थापन गरेको करिब ८ वर्ष हुँदा पनि तुइनबाट खसेर धेरैको ज्यान गएको छ । तुइन विस्थापन भएको लामो समय सम्म पनि तुइनबाट खसेर ज्यान जानु सरकार लागी लज्जाको विषय हो । तर सरकारले पनि आफ्ना नागरिक भारत जाने क्रममा तुइनबाट खस्दा मूकदर्शक बनेर हेरि मात्रै रहेको छ । भारतीय पक्षले नेपाल माथि तुइनबाट भइरहेको यात्रामा ठुलो हस्तक्षेप गरिरहेको छ । नेपालका नागरिक तुइनबाट नेपालको सीमा काटेर भारत गइरहेका वेला भारतीय पक्षले तुइन काट्दा नेपाली नागरिकको ज्यान गएका उदाहरण पनि ताजै रहेका छन् ।

नेपाल सरकारले बिस २०७२ सालमा तुइन विस्थापन गर्ने घोषणा गरेको थियो । सरकारले तुइन विस्थापन गरेको घोषणा गरे पनि सुदूरपश्चिमको हिमाली जिल्लामा दार्चुलामा भने अहिले पनि तुइन चलिरहेका छन् । २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष भित्र तुइन विस्थापन गर्ने बताएका थिए । २०७७ जेठमा राष्ट्रपति विद्या देवी भण्डारीले तुइन विस्थापन गर्ने सरकारको लक्ष्य पुरा भएको बताएकी थिइन ।

तुइनमा भारतीय पक्षको ठुलो मनोमानी चलिआएको देखिन्छ । यो कुरा पुष्टि गर्ने ताज आधार दार्चुलामा जय बहादुर सिंह धामीलाई तुइन मार्फत जानलाग्दा भारतीय सुरक्षाकर्मीहरूले तुइनको लाइन काटेका थिए । भारतीय पक्षले तुइन काट्दा धामी महाकाली नदिमा परी बेपत्ता भएका थिए । व्यास गाउँपालिका जयसिंह धामी बिस २०७८ साउन १५ गते बेपत्ता भएका थिए । धामीको  घटना नसेलाउँदै अर्को घटना २०७९ असार २२ गते हुन पुग्यो साउन २२ गते व्यास गाउँपालिकाकै तुइनबाट खसेर एक जनाको ज्यान गयो । तुइन बाट ज्यान गुमाउनेको सङ्ख्या तीन दर्जन भन्दा धेरै रहेको छ ।

व्यासका गाउँपालिका मानिसहरूले सडक नभएका कारण जिल्लाको सदरमुकाम जाँदा लामो समय हिँडेर जानुपर्ने अवस्था रहेको छ । व्यापारीहरूलाई जिल्लाको सदरमुकाम जान ३ दिन हिँड्नु पर्ने अवस्था छ । यातायातको व्यवस्था नभएका कारण यहाँका स्थानियहरू भारत भएर सदरमुकाम जाने गरेका छन् । यहाँका मानिसहरूलाई भारतको बाटो भएर सदरमुकाम पुग्न एक दीन मात्रै लाग्छ ।

स्थानीयहरूले आफ्नो दैनिक उपभोग्य समानको ओसार पनि भारतबाट गर्ने गरेका छन् । उनीहरूलाई भारतबाट दैनिक उपभोग्य सामानहरू ल्याउँदा सस्तो पनि पर्छ । उनीहरूले नजिकै रहेको भारको बजारबाट नुन, तेल साबुन , चिनी औषधी र लत्ताकपडा लगायतका सामाहरू ल्याउने गरेका छन् ।

नेपाल भारत विवादका विषयमा वेला वेलामा विभिन्न क्षेत्रहरूबाट आवाज र मागहरू उठ्दा पनि सरकारले सीमा क्षेत्रमा हुने सिमाना विवाद र नदिनालाको पानीको उपभोगमा भारतको  मनोमानी रहेको छ । नेपाल सरकारले चालेका कदमलाई भारतले  गम्भीर रुपमा पनि नलिने गरेको पाइन्छ ।यहाँ रहेका तुइनहरूको  विस्थापन गर्नका लागि विभिन्न ठाउँमा गरी दर्जनको हाराहारीमा पुलको निर्माण गर्नुपर्ने  देखिएका छ ।

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा  ओलीले देशमा रहेका तुइनहरू २ वर्ष भित्र विस्थापन गरिने बताएका थिए । उनको पालमा भएको घोषणा अनुसार सरकारले भने काम गर्न सकेन । नेपालले २०७३ सालमा तुइन विस्थापनका लागि आवश्यक कार्यविधि बनायो । २०७५ साउन १८ मा देशै भरीका विभिन्न  क्षेत्रमा रहेको तुइनहरू विस्थापन गर्नका लागि सरकारले निर्देशन दियो । सरकारले २०७५ मा प्रयोगमा रहेका तुइनहरूको प्रयोगलाई नियन्त्रण र निरुत्साहित गर्ने लागि नियमावली ल्याएको थियाे ।

व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुवरले गाउँपालिकाका सिमाना जोडिएका धेरै ठाउँमा आंशिक रुपमा तुइन सञ्चालन आउने गरेको बताएका छन् । उनले आफ्नै जिल्लाको सदरमुकाम जाने बाटो नभएको र गए पनि तीन चार दिन लाग्ने गरेको गुनासो गरे ।

उनले,पालिकाको भारतसँग सिमाना जोडिएका विभिन्न वडाहरूमा गरी अहिले ६ वटा झोलुङ्गे पुल रहेको बताएका छन्। विभिन्न ठाउँमा झोलुङ्गे पुल भए पनि लामो दुरीमा भएकाकारणस्थानीयहरूले भारत जानका लागि आफूहरू अनुकूल विभिन्न ठाउँमा तुइन हाल्ने गरेको बताउँछन्, कुँवर । कसले कहाँ कतिखेर तुइन हाल्छ भन्ने जानकारी लिन पनि समस्या हुने गरेको कुँवरले बताए ।

उनले भने,’यो वर्षको बाह्रै महिना चलिरहने प्रक्रिया हो, गाउँपालिकाको वडा न.२ को दुम्लीङ भन्ने ठाउँमा रहेको तुइन निरन्तर प्रयोगमा आइरहेको छ ।’ उनले गाउँपालिकाका विभिन्न ५ वडाहरू महाकाली नदिनसँग जोडिएका जानकारी दिए । कुँवरले सिमाना क्षेत्रामा पुल निर्माणका लागि भने सहज नभएको बताए । सबै ठाउँमा पुल हाल्न सम्भव पनि नहुने बताउँदै तुइनको समस्या निरन्तर जस्तै रहने  कुँवरको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्