आईपीएल : फाइनल प्रवेशका लागि मुम्बई र गुजरात भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच दोस्रो क्वालिफायर खेल हुँदैछ। खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ।

पहिलो क्वालिफायर विजेता चेन्नाई र दोस्रो क्वालिफायरको विजेता टोलीले आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्। आजको खेल हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ।

रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईले एलिमिनेटरमा लखनउ सुपरजाइन्ट्सलाई ८१ रनले पराजित गर्दै क्वालिफायर–२ मा प्रवेश गरेको हो। पहिलो क्वालिफायरमा चेन्नाईसँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो।

साबिक विजेता गुजरात मुम्बईलाई पराजित गरि लगातार दोस्रो पटक फाइनल पुग्ने सोचमा रहेको छ। मुम्बई पनि गुजरातलाई पराजित गरि सातौं पटक फाइनल प्रवेशको सोचमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्