बजेटपछिको पहिलो कारोबारको दिनमै भारी अङ्कले ओरालो लाग्यो नेप्से 



काठमाडौँ । बजेटपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से भारी अङ्ककासाथ ओरालो लागेको छ । सोमबार सार्वजनिक भएको बजेटले पूँजीबजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश भएका छन् ।

आज मङ्गलवार नेप्से ५३.१६ अङ्कले ओरालो लागको छ । आज नेप्से ओरालो लागेसँगै  १८८८.६१ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३।७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।७९ अङ्कले ओरालो लागेको छ ।

बजार ओरालो लागे पनि कारोबार रकममा भने आज सुधार आएको छ । यस  आज कारोबारमा आएका विभिन्न २७५ स्टकको ४० हजार ६३४ पटकको कारोबारमा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको ७० लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज श्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र सिटिजन्स म्युचुअल फण्ड १ को मूल्य ९ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य करिब ९ प्रतिशत  ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन ग्लोबल बैङ्कको १० करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैङ्क, वित्त, होटेल तथा पर्यटन, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्