
काठमाडौँ । पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट अर्घाखाँचीको पाणिनीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बर जिप पाल्पाको रैनादेवी छहरा–८ सत्यवतीमा दुर्घटनामा परेको थियो । दुर्घटना आज आइतबार साँझ भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा परी १२ जना गम्भीर घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।