आजको मौसम : यी प्रदेशमा हुनेछ मेघगर्जनसहित वर्षा



काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज काठमाडौंको विवरणमा आज काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव चार र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ।

प्रतिक्रिया दिनुहोस्