
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीको गेटामा सहिद दशरथ चन्दा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीमा विद्यार्थीले जुलुस निकालेका छन् ।
मङ्गलवार बिहान विश्वविद्यालय स्थापना गर्न दबाब दिन धनगढीको एसपिए कलेजका विद्यार्थीले जुलुस निकालेका हुन् । गेटामा विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिको आह्वानमा धनगढीको एसपिए कलेजबाट निकालिएको जुलुस ट्राफिक चौराहामा पुगेर सकिएको हो । जुलुसमा विभिन्न कलेजका विद्यार्थीहरू रहेका थिए ।
विद्यार्थीहरूको स्वास्थ्य शिक्षा र उपचारमा सुदूरपश्चिमवासीको पहुँच बढाउन गेटामा विश्वविद्यालय स्थापना गरिनुपर्ने माग रहेको छ ।