नुरप्रसादलाई सात दिन हिरासतमा राख्न अनुमति



ललितपुर : गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनमा आइतबार तोडफोड गरेपछि अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै नुरप्रसालदले अदालतमा तोडफोड गरेका थिए । उनको आक्रममणबाट इजलास अधिकृत बस्नेतको हातमा चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्