गण्डकी प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि छुट्टायो एक करोड ५२ लाख 



पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न एक कराेड ५२ लाख विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेका जानकारी गराएका हुन् ।

बाँदर प्रभावित क्षेत्रमा घाँस खेती गरी पशुपालन खेती गर्न कृषकलाई प्रवर्द्धन बजेट विनियोजन गरिएको हो । उनले भने, ‘कृषि क्षेत्रको अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने गर्ने, बजारीकरण गर्ने, सित भण्डार गर्न बजेट विनियोजन गरेको छु ।  ‘कृषिको व्यवसायीकरण गर्न र कृषि उत्पादन प्राङ्गारिक मल गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’

गण्डकी प्रदेशले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरेको सुनाए । प्रदेश भित्रका ५ सय रोपनी जग्गाको चक्कालबन्दी गर्ने मगरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्