कर्णाली प्रदेश सरकारको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार (पूर्ण पाठसहित)



काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरिएको छ । कणाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहले सो बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

चालुतर्फ  रू. ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ रू.१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ  रू. ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरेको छ ।

स्रोतमा आन्तरिक राजस्वबाट रू.८३  करोड ६२ लाख १२ हजार, चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम रू.७ अर्ब ४१ करोड ६ लाख ५ हजार,  सङ्घीय सरकारबाट राजस्व बाँडफाँट बापत प्राप्त  हुने रकम रू. ८ अर्ब ८४ करोड ३ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रू. १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट रू. ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिनेछ ।

सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फ रू.७६ करोड १६ लाख र विशेष अनुदानतर्फ रू.५९ करोड ७९ लाख परिचालन गरिनेछ । सङ्घीय सरकारबाट सशर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायता बाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि रू.१ करोड ८६ लाख ९० हजार स्रोत परिचालन हुने अर्थमन्त्री बेदराज सिंहले बताए ।

 (पूर्ण पाठसहित)

प्रतिक्रिया दिनुहोस्