गण्डकी प्रदेश सरकारको बजेट ३१ अर्ब ४२ करोड ७२ लाख



काठमाडौँ । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये चालु खर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.०१ र पुँजीगततर्फ २०अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात् ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका हुन् ।

यसअघि चालु आर्थिक २०७९/८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । आगामी वर्षको बजेट झण्डै ४ अर्बले घटेर आएको छ ।

प्रतिक्रिया दिनुहोस्