
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन आगामी भदौ २९-३० गते हुने भएको छ । सोमबार बसेको प्रदेश कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।
एमाले सुर्खेतका युवा नेता एवं प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाका अनुसार १५ असार गतेसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय भएको छ भने असार २९ सम्म सबै जिल्ला कमिटीको बैठक बसिसक्ने र असार मसान्तसम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरिसक्ने निर्णय भएको छ।
कर्णालीमा यसअघि अधिवेशन भएको थिएन । अहिले प्रदेश अध्यक्ष रहेका विनोदकुमार शाहलाई केन्द्रले नै तोकेर पठाएको थियो ।