मकवानपुरका आमेथ रुम्बाले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दै



काठमाडौँ । मकवानपुरका आमेथ रुम्बाले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएका छन् । रुम्बाले स्पेनमा मंगलबार देखी सुरु हुने ३० औँ दोनोस्टी कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्न लागेका हुन् ।

स्पेनको दोनोस्टी सिटीमा आयोजना हुने नौ वर्ष मुनिका खेलाडीहरू बिच हुने अन्डर नाईन खेलमा रुम्बाले सिडी ईन्टरनेशनल क्लबबाट खेल्न लागेका हुन् । सिडी ईन्टरनेशनल क्लबले रुम्बाको रनिङ्ग,खेलको क्षमता र बलियो शरीर देखेका कारण क्लबमा छात्राबृती दिएर प्रशिक्षण गराइएको छ । उनी फरवर्ड प्लेयर पोजिसनका खेलाडी हुन् ।

उनको खेल क्षमताको आधारमा छोटो समयमै क्लबमा अनुबन्धित भएर दोनोस्टी कप ईन्टरनेशनल फुटबल प्रतियोगितामा क्लबले छनौट गरेको उनका बुबा अशोक रुम्बाले बताए । उनको रुचि पनि फुटबलमै रहेको उनका बुबा अशोकले बताए ।

मंगलबार रुम्बाको टिमले पेरिसको न्यु ओरल्यास  क्लबसँग पहिलो खेल खेल्ने छ । दोनोस्टी सिटिको एलिना स्टेडियममा जुलाई ३ देखी ९ सम्म चल्ने प्रतियोगिता अन्तरगत मंगलबारको खेल नेपाली समय अनुसार झास आठ बजे सुरु हुने छ । प्रतियोगितामा एसिया,अमेरिका,युरोप र अफ्रिका गरी २७ राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको छ ।

आमेथ नेपाली,हिन्दी,अग्रेजी,स्पेनिष्ट र दोनोस्टीको बाईसबास भाषा समेत राम्रै बोल्ने गर्छन । मकवानपुरको मनहरी गाँउपालिका स्थित हाडिखोला ३ पालदमार स्थायी घर भएका आमेथ बुबाको रोजगारी सिलसिलामा स्पेन बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्